जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट आजदेखि सुरु

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

आज शुक्रबारदेखि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।  प्रधानमन्त्री कपको यो चौथो संस्करण हो । नेपालको  यो एक मात्र ५० ओभरको घरेलु प्रतियोगिता हो । 

नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ । 

पुसको दोस्रो साता दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामार्फत नेपाली क्रिकेट मैदान फर्किएकाे हाे । महिलाको भने २० ओभरको मात्र हुँदै आएको छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमकाे सहभागिता रहने क्यानले जनाएको छ । क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् । 

पिएम कपका सबै खेलहरू कीर्तिपुरस्थित टियु र मुलपानी मैदानमा खेलका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगिता आजदेखि आउँदाे माघ १७ गतेसम्म चल्नेछ । नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता र आर्मी उपविजेता हुन् ।


कस्तो लाग्यो ?

यो पनि