जेठ ०३, २०८१, बिहीबार
               

सुपर कपको उपाधि पिएसजीको कब्जामा

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मार्सेइलाई पराजित गर्दै कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कपकाे उपाधि आफ्नो कब्जामा राखेकाे छ । 

पिएसजीको लागि खेलको ३९ औं मिनेटमा इकार्डीले पहिलो गोल गरेका थिए । पहिलो हाफ १-० गोलकाे अन्तरमा सकिएकाे थियो । 

दाेस्राे हाफकाे ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका नेयमारले कुनै गल्ति नगरी पेनाल्टीमार्फत गोल गर्न सफल रहे ।

मार्सेइले अन्तिम समयमा सान्त्वना गोल फर्काएका थिए । पिएसजीले १० औं पटक उपाधि जित्दै सर्वाधिक पटक यस उपाधि जित्ने आफ्नै कीर्तिमान सुधार गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि