बैशाख १७, २०८१, सोमबार
               

फुटबलमा एटलेटिको म्याड्रिडसँग सेभिया २–० गोलले पराजित

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस ला लिगाअन्तरगतको फुटबल खेलमा एटलेटिको म्याड्रिडसँग सेभिया २–० गोलको अन्तरले पराजित भएको छ । उक्त खेल गएराति सम्पन्न भएको हो । एटलेटिकोको त्यस जितको लागि एंगल कोरिया र साउल निगुएजले एक–एक हानेका थिए ।

यस जितसँगै शिर्ष स्थानमा रहेको एटलेटिकोले आफ्नो अग्रता बढाउन सफल भएको छ । एटलेटिकोको १६ खेलमा ४१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी छ । त्यस्तै सेभियाको भने १७ खेलमा ३० अंक रहेको छ र लिगमा छैठौ स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि