जेठ ०५, २०८१, शनिबार
               

गौरिका बनिन् 'प्लेयर अफ द इयर'

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । पौडीवाज गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारेकी हुन् । 

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । साथै गौरिकाले २०७६ साल मै नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि