जेठ ०५, २०८१, शनिबार
               

पिपल्स च्वाइज अवार्ड भलिबलकी अरुणालाई

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छन् । सातदोबाटोमा आज भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन् ।

जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् । अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् ।

२७ वर्षिया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । यस विधामा करातेका मन्देकाजीले २८.४५७ प्रतिशत मत ल्याए । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हालिस गरेकी थिइन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन् ।अरुणाले ईसेवा भोटबाट एक लाख ९४ हजार ७४७ मत पाएकी थिइन् ।

एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा कप्तान अरुणा थिइन्। उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो।

त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि