बैशाख २१, २०८१, शुक्रबार
               

युभेन्ट्सकाे जितसँगै रोनाल्डो कीर्तिमानी रेकर्डनजिक

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

एजेन्सी । इटालियन सिरी ए लिग फुटबलमा युभेन्ट्सले उपाधि होडमा रहेको सासुओलोलाई हराएको खेलमा क्रिस्टियानो रोनाल्डोले जोसेफ बिकानको रेकर्डसँग बराबरी गरेका छन् । 

आइतबार राति भएको १६औं साताको खेलमा युभेन्ट्सले १० खेलाडीमा सीमित सासुओलोमाथि ३–१ को जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जितका लागि ठूलै संघर्ष गर्नुपरेको थियो ।

एलिनाज रंगशालामा भएको खेलमा युभेन्ट्सलाई जिताउन ड्यानिलो, आरोन राम्से र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । 
पाहुना टोली सासुओलोका मिडफिल्डर पेड्रो ओबिङ पहिलो हाफको थप समयमा सोझै रातो कार्ड पाएर मैदान छाडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो । 

रोनाल्डोको फुटबल इतिहासकै सर्वाधिक गोलको रेकर्डसँग बराबरी

रोनाल्डोका लागि यो सिजनको १५औं लिग गोल थियो । उक्त गोलसँगै रोनाल्डोले फुटबल इतिहासकै सर्वाधिक आधिकारिक गोलको रेकर्डसँग बराबरीसमेत गरेका छन् । रोनाल्डोको कुल आधिकारिक गोल संख्या ७ सय ५९ पुगेको छ । यसअघि, लिजेन्ड जोसेफ बिकानका नाममा इतिहासकै सर्वाधिक आधिकारिक गोलको रेकर्ड थियो । 

दिवंगत बिकानले आफ्नो करिअर दौरान कुल ७ सय ५९ आधिकारिक गोल गरेका थिए । तर, पाँचपटकका ‘बालोन डि ओर’ विजेता रोनाल्डोले बिकानको रेकर्डसँग बराबरी गरेका हुन् । योसँगै फुटबल इतिहासमा सर्वाधिक आधिकारिक गोल गर्ने खेलाडीको रेकर्ड संयुक्तरूपमा बिकान र रोनाल्डोका नाममा रहेको छ ।

रोनाल्डोलाई बिकानको गोल रेकर्ड तोडेर एकलरूपमा आफ्नो नाममा लेखाउन एक गोल मात्रै आवश्यक छ । रोनाल्डोले आगामी खेलमा एक गोल गरे उनी फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बन्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि