जेठ ०५, २०८१, शनिबार
               

पल्सर स्पोर्टस अवार्ड आज वितरण गरिँदै

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ ‘पल्सर स्पोर्टस अवार्ड’ आज वितरण गरिँदै छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपराह्न साढे ४ बजे सुरु हुनेछ ।

कोरोना भाइरस महामारीका कारण भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि