जेठ ०५, २०८१, शनिबार
               

म्याराथनमा नेपाललाई ऐतिहासिक सफलता, धाविका पुष्पाले जितिन् बंगलादेशमा स्वर्ण

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालकी म्याराथन धाविका पुष्पा भण्डारीले बंगलादेशमा स्वर्ण पदक जितेकी छन् ।

आइतबार ढाका म्याराथनको दक्षिण एसियाली विधामा स्वर्ण  पदक हात पारेकी हुन् । उनले म्याराथन २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गरेकी हुन् ।

पुष्पाले हात पारेको स्वर्ण नेपाली महिला एथलेटिक्समै सबैभन्दा ठूलो सफलता हो । यो म्याराथनमा पहिलो संस्करण हो । पुष्पाले काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक हात पारेकी थिइन् ।

यस्तै, बंगलादेशमा नेपालका किरण सिंह बोगटीले २ घण्टा २६ मिनेट १३ सेकेन्डमा दुरी पूरा गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि