जेठ ०५, २०८१, शनिबार
               

क्रिकेटर कुन्दनसिंहको निधन

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

कामठाडौं । क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ ।

उनको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

एक वर्षदेखि दुवै मिर्गौला बिग्रेपछि उनी नियमित डायलासिस गराउँदै आएका थिए ।

क्यानले सामाजिक सञ्जालमार्फत उनको निधनप्रति दुख व्यक्त गरेको छ ।

दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा उनले प्रदेश २ बाट खेलेका थिए ।

घरको आर्थिक स्थिस्ति कमजोर भएका कारण उनको उपचारका लागि खर्च जुटाउँन ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाईएको थियो ।


कस्तो लाग्यो ?

यो पनि