जेठ ०५, २०८१, शनिबार
               

फुटबलमा बार्सिलोनाले ग्रानडालाई ४–० गोलले हरायो

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

एजेन्सी । गए राति सम्पन्न भएको स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोनाले ग्रानडालाई ४–० गोलको अन्तरले हराएको छ । यस खेलमा बार्सिलोनाले शानदार जित निकालेको हो ।

बार्सिलोनाको यस जितको लागि लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २–२ गोल गरेका थिए भने ७२औँ मिनेटमा ग्रानडाका जिसस भालेजोले रातोकार्ड पाएर मैदान छोड्दा ग्रानडा १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा दुई गोल गरेसँगै मेसीले यस पटकको सिजनमा ११ गोल गरेका छन् । त्यस्तै मेसी ला लिगामा लगातार १५ सिजनसम्म १० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन् ।

यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा पुगेको छ । बार्सिलोनाको १८ खेलमा ३४ अंक रहनुका साथै शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा ४ अंकले पछाडी रहेको छ । तर, एटलेटिकोले ३ खेल कम खेलेको छ। त्यस्तै ग्रानडाको भने १७ खेलमा २४ अंक रहेको छ भने लिगको सातौँ स्थानमा छ ।
 


कस्तो लाग्यो ?

यो पनि