जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री कप पुरुष क्रिकेट माघ पहिलो साताबाट सुरु

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सुरु हुने भएको छ । काठमाडौंमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ ।  

नेपाल क्रिकेट संघ (क्यान) ले आज खेल तालिका सार्वजनिक गरिसकेको छ । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । 

सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् । 

उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुने छ । उक्त खेल कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।  

यो पनि