बैशाख १४, २०८१, शुक्रबार
               

होबर्टको चौथो हार, सन्दीपले लिए एक विकेट

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

अष्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम होबर्ट हुरिकेन्स पराजित भएको छ । पर्थमा सम्पन्न खेलमा हुरिकेन्सले सिड्नी थन्डर्ससँग ३९ रनका हार बेहोरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको ठन्डर्सले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

१६८ रनको लक्ष्यका साथ मैदान पसेको हुरिकेन्स पूरा ओभर खेल्दै आठ विकेट गुमाएर १२८ रनमा समेटिएपछि जित सिड्नीको हातमा परेको हो ।

जितका लागि सिड्नीका उस्मान खवाजा अर्धशतक बनाउन एक रनबाट चुके भने एलेक्स रोसले ४४ रनको योगदान दिए । जहाँ नेपालका लामिछानेले सिड्नीको एक विकेट गिराउँदा डिओर्चीले सर्टले तीन विकेट लिए ।

जवाफी ब्याटिङमा आएको होबर्टका पिटर हेन्डस्कम्बले सबैभन्दा धेरै ३० रन बनाए भने बेन म्याडर्मोट र डेबिल मलनले २२ र २० रन बनाए ।

यता, होबर्टलाई लक्ष्यमा पुग्न नदिन नाथन म्याकएन्ड्रिउ, क्रिस ग्रिन र तनवीर संघाले समान २–२ विकेट लिए भने अर्जून नैर र आडम मिल्नेले समान १-१ विकेट लिए ।

लिगमा चौथो हारका बाबजुद होबर्ट तेस्रो स्थानमा छ । जितका साथ सिड्नी थन्डर्स शीर्षस्थानमा छ । सिड्नीको २२ अंक छ भने होबर्टको १९ अंक छ ।

यो पनि