बैशाख १७, २०८१, सोमबार
               

फुटबलमा बार्सिलोनाले एथ्लेटिकलाई ३–२ गोलले हरायो

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस ला लिगा फुटबल खेलमामा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई उसकै मैदानमा ३–२ गोलले हराएको छ । गए राति सम्पन्न भएको उक्त खेलमा एथ्लेटिक विल्बाओ बार्सिलोनासँग आफ्नै घरेलु मैदानमा हारेको हो । सो खेलमा लियोनल मेस्सीले २ गोल गरेका थिए ।

विल्बाओले खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सको गोलमार्फत अग्रता लिएको थियो भने त्यसको १० मिनेटपछि नै पेड्री गोन्जालेसले हेडमार्फत बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

मेस्सीले ३८ औँ मिनेटमा पेड्रीको ब्याकहिल र उनाइ सिमोनको पासको सदूपयोग गरी गोल गरे र पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए। ६२ औँ मिनेटमा मेस्सीकै शशक्त प्रहार गोलमा परिणत हुँदा बार्सिलोनाले ३–१ को अग्रता बनाएको हो ।

खेलको अन्तिम मिनेटमा विल्बाओका मुनिइनले २० यार्डबाट शानदार गोल गरे पनि जित हासील गर्न सफल भएन । यो जितसँगै रोनाल्ड कोम्यानको बार्सिलोनाले अंकतालिकामा रियल सोसिडाड र भिल्लारियललाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ ।
बार्सिलोनाको १७ खेलबाट ३१ अंक रहेको  छ। 


कस्तो लाग्यो ?

यो पनि