जेठ ०२, २०८१, बुधबार
               

युभेन्टसद्वारा उडिनेस ४–१ ले पराजित

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै, पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । उडिनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए ।

खेलमा दुई गोल गरेसँगै रोनाल्डोले लगातार १५औ सिजनमा आफ्नो क्यारियरमा क्लब र देशका लागि गरी हरेक सिजनमा कम्तिमा २० गोल गरेका छन् ।

साथै यस सिजनको सिरि ए मा ११ खेलमा १४ गोल गरेका छन् । यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । 

त्यस्तै, उडिनेसको भने १४ खेलमा १५ अंकसहित लिगको १३औं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि