बैशाख २३, २०८१, आइतबार
               

एट्लेटिको शीर्ष स्थानमा

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं : एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको भएको खेलमा डिपोर्टिभो अल्भेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो। एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे ।

अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा भिक्टरले रातो कार्ड पाउँदा अल्भेस १० खेलाडीमा समेटियो । ८४ औं मिनेटमा एट्लेटिकोका फिलिपले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।
खेलको ९० औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले १५ खेलमा ३८ अंक जोडेको छ ।

ला लिगा कै अर्को खेलमा बार्सिलोनाले हुएस्कालाई १–० गोलले पराजित गरेको छ ।  घरेलु टिम हुएस्काविरुद्ध बार्सिलोनाका फ्रेन्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो।  कप्तान लियोनल मेस्सीको पुनरागमनमा बार्सिलोनाले जित दर्ता गरेको हो । यसअघि मेस्सीबिनै बार्सिलोनाले इबरसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । घाइते भएका मेस्सी एक खेल मैदानबाहिर रहेका थिए ।

खेलको २७ औं मिनेटमा कप्तान मेस्सीको एसिस्टमा डि जोङले गोल गरे ।  जितसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोनाले १६ खेलबाट २८ अंक बनाएको छ । पराजित हुएस्का भने १७ खेलबाट १२ अंक बनाउँदै लिगको पुछारमा छ । 

गएराति नै भएका अन्य खेलमा  इबरले ग्रानडालाई २–० ले हराएको छ । एथ्लेटिको बिल्बाओले एल्चेलाई १–० ले पराजित गरेको गर्दा रियल सोसिडाडले ओसासुनासँग १–१ गोलको बराबरी खेलेको छ ।


कस्तो लाग्यो ?

यो पनि