जेठ ०८, २०८१, मंगलबार
               

फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलले हरायो

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

एजेन्सी । गए राति सम्पन्न भएको इंग्लिस प्रिमियर लिगअन्तरगतको फुुटबल खेलमामा  म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलले हराएको छ । प्रिमियर लिग खेलको पछिल्ला ६ मध्ये चेल्सी एक खेलमा मात्रै जित हासील गरेको छ ।

उपाधिको दावेदार टोली सिटीबिरुद्ध स्टाम्फोर्ड ब्रिजमा चेल्सीले कठिन चुनौति पेश गर्नै सकेन । घरेलु मैदानमा पहिलो हाफमै चेल्सी ३–० ले पछि परेको छ । १८ औँ मिनेटमा फिलिप फोडेनको पासमा गुण्डोगानले गोल गरेपछि सिटीको अग्रता सुरु भएको थियो ।

त्यसको ३ मिनेटपछि फोडेनले पनि गोल गरेका थिए । ३४ औँ मिनेटमा डी ब्रयनले गोल गरे र पहिलो हाफमै आरामदायी अवस्थामा पुर्याए भने घरेलु टोलीको लागि कलम हड्सन ओडोईले खेलको इन्ज्यूरी समयमा सान्त्वना गोल फर्काएका थिए ।

१७ खेलबाट २६ अंक भएको चेल्सी तालिकाको आठौँ स्थानमा छ भने म्यानचेस्टर सिटीको १५ खेलबाट २९ अंक पुगेको छ भने तालिकामा पाँचौँ स्थानमा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि