जेठ ०९, २०८१, बुधबार
               

प्रधानमन्त्री कपकाे उपाधि प्रदेश १ काे कब्जामा

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

दाङकाे लममीमा जारी प्रधानमन्त्री क्रिकेटकाे उपाधि प्रदेश १ ले जितेकाे छ ।

आईतबार भएको फाईनलमा विभागीय टिम एपीएफलाई पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो ।

१०६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

प्रतियोगिताको विजेता १ नम्बर प्रदेशले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेतामा चित्त बुझाएको एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै सेमीफाइनलमा पराजित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 


कस्तो लाग्यो ?

यो पनि