काठमाडाैं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीए टिम एपीएफ र प्रदेश एक आज भिड्ने भएका छन् ।
हिजो भएको दोस्रो सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो ।
यसअघि, पहिलो सेमिफाइनलमा एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल आज हुँदैछ ।