जेठ ०८, २०८१, मंगलबार
               

प्रिमियर लिग फुटबलमा आर्सनलले ब्रुमलाई ४–० गोलले हरायो

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । गए राति सम्पन्न भएको इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा आर्सनलले वेसट ब्रुमलाई ४–० गोलले हराउँदै लगातार तेस्रो जित हासील गरेको छ । 

उक्त खेलमा आर्सनलले २३ औँ मिनेटमा केरन टिरनीको गोलले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि बुकायो साकाले दोस्रो गोल थपेका थिए । पहिलो हाफ २–० ले अगाडि रहेको आर्सनलले दोस्रो हाफमा एलेक्जेन्डर लाकाजेटले थप दुई गोल गरेका थिए ।

उनले ६० र ६४ औँ मिनेटमा गोल गरेका थिए । सो लिगको सात खेलमा जित निकाल्न नसकेको आर्सनलले पछिल्लो समय तीन खेलबाट ९ अंक बटुलेको छ। पराजित वेस्ट ब्रुम पुछारबाट तेस्रो स्थानमा रहेको छ ।​
 


कस्तो लाग्यो ?

यो पनि