जेठ ०९, २०८१, बुधबार
               

बिग बाश लिगमा सन्दिपको उत्कृष्ट सुरुवात

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई २१ रनले हराएको छ । लिगको यो सिजनमा नेपालका बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमै २ विकेट लिएका छन् ।

होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दिपले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका हुन् ।

स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ५ छक्का सहित सर्वाधिक ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । आन्द्रे फ्लेचर १०, निकोलस पुरन १४ र साम रैनबर्दिनले १५ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । । स्कोट बोल्यान्डले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । नाथन इल्सले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका ५६ बलमा ७ चौका र ३ छक्का सहित ७५ रन बनाए । बेन म्याकडरमोट ३१, कोलिन इनग्राम २६ र डार्सी सट १२ रनमा आउट भए । स्टार्सका बिली स्टानलेकले सर्वाधिक ३ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि