जेठ ०९, २०८१, बुधबार
               

प्रदेश १ प्रधानमन्त्री कप महिला क्रिकेटकाे फाइनलमा

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

प्रदेश नम्बर १ ले लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिताकाे दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएकाे छ ।

प्रदेश १ ले ५३ रनकाे सामान्य लक्ष्य बिना विकेट पुरा गरेकाे हाे । प्रदेश १ ले उपाधिको लागि आइतबार एपिएफसँग प्रतिस्पर्धा गर्ने छ । एपिएफले पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेकाे हाे । 

जितका लागि  पाएकाे ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८.५ ओभरमा कुनै विकेट गुमाइ पूरा गर्यो । प्रदेश १ की ओपनर रुविना क्षेत्री ३० बलमा २६ रनमा अविजित रहिन् । अर्की ओपनर काजल श्रेष्ठ २३ बलमा २२ रनमा अविजित रहिन् ।

 


कस्तो लाग्यो ?

यो पनि