जेठ ०८, २०८१, मंगलबार
               

सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । एपिएफ लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।

शनिबार दाङको लमहीमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफले फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफको जितमा जोती पाण्डे २६ रनमा नटआउट रहँदा सरिता मगर पनि १९ रनमा नटआउट रहिन् ।

यसैगरी कप्तान सिता रानामगर भने ७ रनमा आउट भइन् । उनले १७ बल खेल्दा एक चौका प्रहार गरिन् । सुदूरपश्चिमकी कविता कुँवरले १ विकेट लिइन् ।

बिहानको खराब प्रकाशका कारण खेल १६ ओभरमा झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर ६० रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि कविता जोशीले नटआउट २२ रन जोड्दा रेवती धामीले १२ तथा कविता कुँवरले ९ रनको योगदान गरिन् । दुई खेलाडीले खाता खोल्न सकेनन् भने अरु खेलाडीले अन्डर फाइभको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए । 

एपिएफले उपाधिको लागि आइतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आज लुम्बिनी र प्रदेश १ बीच जारी छ । 


कस्तो लाग्यो ?

यो पनि