जेठ ०५, २०८१, शनिबार
               

गण्डकी प्रदेश ७ रनमै अलआउट

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । दाङको लमहीमा जारी ‘प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता’मा गण्डकी प्रदेश ७ रनमै अलआउट भएको छ । 

बिहीबार समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेश प्रदेश १ विरुद्ध खेलमा ८ ओभर खेलेर ७ रनमै अलआउट भएको हो । पहिल्यै सेमिफाइनलमा पुगिसकेको प्रदेश १ ले १ सय ४८ रनको लक्ष्य दियो । तर, जवाफमा गण्डकीले ७ रन मात्रै जोड्दा प्रदेश १ ले १ सय ४० रनको फराकिलो जित हात पार्‍यो ।

गण्डकी यसअघि नै अन्तिम चारको होडबाट बाहिरिसकेको थियो । 
गण्डकीका खेलाडीमा कुसुम गोदार र सोनिया थापाले २–२ रन बनाए । बाँकि ९ खेलाडी शून्यमै आउट भएका थिए । कुसुम र सोनिया पुछारका ब्याटसवोमेन हुन् । शीर्ष ८ खेलाडीले रनको खातासमेत खोल्न नसकेको यो पहिलो घटना हो ।

गण्डकीको ब्याटिङ ध्वस्त बनाउनमा संगीता राईले ५ विकेट र शवनम राईले ४ विकेट लिए । एक विकेट अप्सरी बेगमले लिइन् । 
सो खेलमा गण्डकीका ६ खेलाडी बोल्ड भएर पभेलियन फर्केका थिए । ओपनर पूर्णता शाही पहिलो ओभरमै २ बल खेलेर शवनमको बलमा बोल्ड भइन् । पहिलो ओभरको पाँचौं बलमा प्रमिला बानिया“ र छैटौं बलमा सृष्टि पौडेल शून्यमै आउट भए । शवनमले पहिलो ओभरमै ३ विकेट लिएर गण्डकीलाई ठूलो झट्का दिएकी हुन् । 

दोस्रो ओभर फालेकी दोस्रो बलमै कप्तान शीला क्षेत्रीलाई बोल्ड गरेर गण्डकीलाई चौथो झट्का दिइन् । शीलाले रन बनाउन सकिनन् । पाँचौं बलमा उनले एलिसा लामिछानेलाई एलबीडब्ल्यू आउट गरेर एकै ओभरमा दुई विकेट लिइन् । ३ बल खेले पनि एलिसा रन बनाउन अक्षम भएकी थिइन् । शवनमले तेस्रो ओभरको दोस्रो बलमा सिमाना केसीलाई बोल्ड गर्दै व्यक्तिगत चौथो विकेट हात पारिन् । संगीताले अर्को ओभरमा सिर्जना पौडेललाई बोल्ड गरिन् । उनैले कुसुम गोदारलाई व्यक्तिगत २ रनमा आउट गर्दा गण्डकी ६ ओभरमा ५ रन जोडेर ८ विकेट गुमाएको अवस्था थियो । 

त्यसपछिका बाँकि दुई विकेट संगीता र अप्सरीले बाँडे । अप्सरीले ज्योत्सनीका मरासिनीलाई शून्यमा आउट गरिन् भने संगीताले अञ्जली विश्वकर्मालाई शून्यमै आउट गरेकी हुन् । योस“गै संगीताले ४ ओभरमा २ मेडन फाल्दै ३ रन खर्चेर ५ विकेट लिइन् । यस्तै, शवनमले ३ ओभरमा १ मेडनसहित ३ रन दिएर ४ विकेट हात पारिन् । अप्सरीले १ ओभरमा १ रन दिएर १ विकेट लिइन् । यसअघि, देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । टिमले ठूलो योगफल बनाउने क्रममा ओपनर ब्याटस्वोमेन काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय पारी खेलेका थिए । 
नटआउट रहेकी काजलले ५७ बलमा ४ चौकासहित ५२ रनको योगदान गरिन् । रोमाले पनि नटआउट रह“दै ४९ बलमा ८ चौकासहित ५१ रन बनाइन् । ६.४ ओभरमा टिमको स्कोर ३६ रन हु“दा कुसुम गोदारको बलमा आउट हुन् पुगेकी कप्तान रुबिना क्षेत्रीले १५ रनको योगदान गरेकी थिइन् । 
 


कस्तो लाग्यो ?

यो पनि