बैशाख २१, २०८१, शुक्रबार
               

रोनाल्डोको सपना विश्वकप जित्ने

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

युभेन्टस तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू अझै ‘धेरै वर्ष’ फुटबल खेल्नेमा आशावादी रहेको बताएका छन् ।

विश्वकप फुटबलको उपाधि जित्ने सपना जीवितै रहेको र त्यो आउँदा वर्षमा पूरा हुनेमा पनि आफू सकारात्मक रहेको उनले बताएका छन् ।

पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डो यो सिजन इटालियन सिरी ‘ए’ फटबलमा सर्वाधिक गोलकर्ता हुन् ।

३५ वर्षका रोनाल्डोले अब राष्ट्रिय टिमबाट सात गोल गरेमा उनी विश्वका सर्वकालीन सर्वाधिक गोलकर्ता बन्ने छन् । उनले इरानका अली दाइले १०९ गोल गरेर बनाएको कीर्तिमानसँग बराबरी गर्नेछन् ।

रोनाल्डोल भनेका छन्, ‘उमेरले खासै अर्थ राख्दैन । अर्थ राख्ने भनेको मनस्थितिले हो ।’

उनले भनेका छन्, ‘क्रिष्टियानो रोनाल्डो राम्रो अवस्थामा छ भने यसले (उमेर) अर्थ राख्दैन । भोलि के हुन्छ कसैलाई थाहा छैन, म वर्तमानमा जिउने गर्छु । वर्तमान राम्रो छ । म खुशी छु । फिट र जीवनको राम्रो समयमा छु जस्तो लाग्छ । म धेरै वर्ष खेल्न चाहन्छु, तर के हुन्छ कसैलाई थाहा छैन ।


कस्तो लाग्यो ?

यो पनि