बैशाख २४, २०८१, सोमबार
               

आर्सनलद्वारा चेल्सी सहजै पराजित

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई सहजै पराजित गरेको छ ।

शनिबार राति इमिरेट्स मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । प्रिमियर लिगको पछिल्ला ७ खेलमा विजयी हुन नसकेको आर्सनलले चेल्सीलाई सहजै हराएको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफको सुरूवातैमै ३-० को अग्रता बनाएको थियो ।

आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रेनिट जाकाले फ्रि–किकमार्फत शानदार गोल गर्दै खेल नियन्त्रणमा राखेका थिए ।

बुकायो साकाले दोस्रो हाफको सुरुवातमै आर्सनललाई ३–० को अवस्थामा पुर्‍याए । खेल सकिन ५ मिनेट अघि चेल्सीका टमी अब्राहमले गोल गर्दै हारको अन्तर घटाउने प्रयास गरेका थिए ।

जितसँगै आर्सनल १७ अंक जोड्दै तालिकाको १४औँ स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि