बैशाख २४, २०८१, सोमबार
               

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु, विजेतालाई पाँच लाख

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद (टी–ट्वेन्टी) क्रिकेट प्रतियोगिता शनिबारदेखि दाङको लमहीमा  सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुनेछ । उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्नेछ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ ।

 प्रतियोगिताको बिहान हुने उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, अतिथि, खेलाडी र खेल शुभचिन्तकहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ । टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ । प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख, त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि