जेठ ०४, २०८१, शुक्रबार
               

फ्रेन्च लिग वानमा पिएजीको शानदार जित

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रासबोमाथि सहज जित निकालेको छ ।

पार्क डेस प्रिन्सेसमा बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले स्ट्रासबोमाथि ४-० को शानदार जित निकालेको हो।


पिएजीले खेलको १८औँ मिनेटमा टिमोथी पेम्बेलेको गोलबाट अग्रता बनायो । खेलको ७९औँ मिनेटमा केलियन एम्बापेले गोल गर्दै अग्रता दोब्बर बनाए । ८८औँ मिनेटमा एड्रिसामा गुएयेले खेल ३-० को अवस्थामा पुर्‍याए ।

अतिरिक्त समयमा मोइस किनले गोल गर्दै घरेलु टोलीलाई ४-० को फराकिलो जित सुनिश्चित गरे ।

जितसँगै पिएसजी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि