बैशाख २४, २०८१, सोमबार
               

ला लिगामा घरेलु मैदानमा ग्रानडामाथि रियल मड्रिडकाे सहज जित

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलले ग्रानडालाई २–० ले पराजित गरेको छ ।


रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोले गरेको गोल नै पर्याप्त रह्यो ।

खेलको ५७औं मिनेटमा मार्को एसेन्सियाको क्रसलाई क्यासमिरोले हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले इस्कोको पासमा गोल गर्दै रियलको जित पक्का गरेका थिए ।

जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ । रियलको १५ खेलबाट ३२ अंक छ । तर, एट्लेटिकोले २ खेल कम खेलेको छ । पराजित ग्रानडा भने २१ अंक जोडेर सातौँ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि