जेठ ०६, २०८१, आइतबार
               

टी–२० मा खेल जिते पनि पाकिस्तानले शृङ्खला भने जोगाउन सकेन

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

न्युजिल्यान्डसँगकाे अन्तिम टी–२० मा पाकिस्तान ४ विकेटले विजयी, शृङ्खला भने जोगाउन सकेन

काठमाडाैं । न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम टी– २० क्रिकेट पाकिस्तानले चार विकेटले जितेको छ ।

न्युजिल्यान्डले दिएको एक सय ७४ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर दुई बल बाँकि छँदै भेट्यायाे । पाकिस्तानको जितमा मोहम्मद रिजवानले ८९ र मोहम्मद हफीजले ४१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ७३ रन बनायो । उसका लागि डेभन कनवेले सर्वाधिक ६३ रन बनाए । पाकिस्तानका लागि फहीम अशरफले तीन तथा शहीन अफ्रिदी र ह्यारिस राैफले दुई/दुई विकेट लिए ।

खेल जिते पनि पाकिस्तानले शृङ्खला भने जोगाउन सकेन । यसअघिका २ खेल जित्दै न्युजिल्यान्डले शुङ्खला नै जितिसकेको छ ।

यी दुई देशबीच दुई खेलकाे टेस्ट शृङ्खला पनि हुनेछ ।  


कस्तो लाग्यो ?

यो पनि