कात्तिक १६, २०८१, शुक्रबार
               

खेल सुरु भएको ६ सेकेन्डमै राफाएल लिएओले गरे गोल

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

एसी मिलानका राफाएल लिएओले इटालियन ‘सिरी ए’ फुटबलको इतिहासमै सबैभन्दा छिटो गोल गरेका छन् । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् ।

२१ वर्षका पोर्चुगिज खेलाडी लिएओले सासुओलोविरुद्धकाे खेलमा हाकान काल्हानोग्लुको पासलाई गोलमा परिणत गरेका हुन् । यसअघि सन् २००१ को डिसेम्बर २ मा फियोरेन्टिनाविरुद्ध पिएसेन्जाका पाओलो पोग्गीले ८.९ सेकेण्डमा गोल गरेका थिए ।

आइतबार रातिको खेलमा एसी मिलानका लागि २६ औँ मिनेटमा एलेक्सिस सेलरमेकर्सले गोल गरे । २–१ ले पराजित भएको सासुओलोका लागि ८९ औँ मिनेटमा बेरार्डीले एक गोल फर्काएका हुन् ।

जितपछि शीर्ष स्थानको एसी मिलानको १३ खेलबाट ३१ अंक भएको छ ।
आइतबार राति नै भएको खेलमा स्पेजियालाई २–१ ले पराजित गरेको इन्टर मिलान १३ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि