जेठ ०७, २०८१, सोमबार
               

एउटै क्लबबाट धेरै गोल गर्ने खेलाडीको सूचीमा पेलेपछि मेस्सी

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड बराबरी गरेका छन् ।

अर्जेन्टिनी स्टार मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका हुन् ।

सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाबाट ६४३ गोल गरेका छन् ।

पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

शनिबार भ्यालेन्सियासँग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गर्दै पेलेको कीर्तिमान बराबर गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि