जेठ ०५, २०८१, शनिबार
               

भारतको लज्जास्पद स्कोर

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

अस्ट्रेलियाले एडिलेडमा खेलिएको डेनाइट टेस्ट क्रिकेटमा भारतलाई ८ विकेटले पराजित गरेको छ । भारतले आफ्नो दोस्रो पारीमा ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । भारतको टेस्ट क्रिकेटको इतिहासमा यो सबैभन्दा कम योगफल हो ।

लज्जास्पद प्रर्दशन गरेको भारतका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । तेस्रो दिन भारत दोस्रो इनिङमा २१.२ ओभरमा ३६ रनमा अल आउट भयो । तेस्रो दिन ६ ओभरमा ९–१ को अवस्थाबाट सुरुवात गरेको भारतलाई सस्तैमा रोक्न अष्ट्रेलिया प्याट कमिन्स र जोश हेजलवुडले उत्कृष्ट बलिङ गरे ।

तेस्रो दिन आठौं ओभरको अन्तिम बलमा प्याट कमिन्सले जस्प्रित बुमराहलाई २ रनमा क्याच आउट गराए । कमिन्सलेनै चेतेश्वर पुजारालाई विकेटकिपर टिम पेइनबाट शून्यमा क्याच आउट गराए । १३ औं ओभरको पहिलो बलमा ओपनर मयंक अग्रवाललाई हेजलवुडले ९ रनमा पेइनबाट क्याच गराउँदै भारतलाई दयनीय अवस्थामा पुर्याएका थिए ।

चार बलपछि अजिक्या रहाने पेईनबाटै शून्यमै क्याच आउट हुन पुगे । १४ औ ओभरको चौथो बलमा कप्तान विराट कोहली कमिन्सको बलमा क्यामरन ग्रिनबाट ४ रनमा क्याच आउट हुँदा भारत १९–६ को संकट अवस्थामा पुगेको थियो ।

विराट आउट भएसँगै भारत सस्तैमा समेटिने अनुमान गरिएको थियो । हेजलवुडले ऋद्धिमान शाहलाई ४ र रविचन्द्रन आश्विनलाई शून्यमा क्याच आउट गरेपछि भारत दोस्रो इनिङमा लज्जास्पद अवस्थामा पुगेको थियो ।

हेजलवुडले हनुमा विहारीलाई शून्यमा क्याच गराउँदै आफ्नो पाँच विकेट पूरा गरे । मोहम्मद शामी १ रनमा रिटायर्ट हट हुन पुगे । प्याट कमिन्सले १०.२ ओभरमा ४ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुडले ५ ओभरमा ३ मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिए ।

भारतले पहिलो पारीमा २४४ रन बनाएको थियो भने अस्ट्रेलिया १९१ रनमा सिमित भएको थियो । तर, दोस्रो पारीमा भारत ३६ रनमा समेटिएपछि ९० रनको झिनो लक्ष्य पाएको अस्ट्रेलियाले मात्र दुई विकेटको क्षतिमा त्यसलाई पछ्यायो ।


कस्तो लाग्यो ?

यो पनि