जेठ ०८, २०८१, मंगलबार
               

पल्सर स्पोर्टस अवार्ड मनोनयनमा महिलाकाे वर्चश्‍व

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६’ को पिपुल्स च्वाइस विधामा महिला खेलाडीको वर्चश्व छ । स्पोर्ट अवार्ड २०७६ सालको मनोनयनमा पर्ने पाँच खेलाडीमध्ये चार महिला छन्।

यस वर्षको पिपुल्स च्वाइस अवार्ड विधामा यस पटक पौडीवाज गौरिका सिंह, कराँतेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ छन् ।

‘पिपुल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका खेलाडीलाई अब ई-सेवामार्फत मतदान गर्न सकिनेछ । ‘पिपुल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका पाँच खेलाडीमध्येबाट ई-सेवामार्फत गरिएको मतदान, फेसबुक लाईक, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्यप्रशिक्षकको मतदानमा धेरै मत ल्याउने खेलाडी विजेता घोषित हुनेछन् । 

 


कस्तो लाग्यो ?

यो पनि