जेठ ०५, २०८१, शनिबार
               

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा देभ वाटमोर

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघले वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो । प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले पनि अन्तर्वार्ता दिएका थिए ।

यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् । तीनै जनाको नियुक्ति जनवरी १, २०२१ बाट लागू हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि