जेठ ०५, २०८१, शनिबार
               

गौतमबुद्ध कपको उपाधि राप्तीले उचाल्यो

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना मैदानमा भएको गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले उचालेको छ ।

१४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाएपछि राप्ती ९ रनले विजयी भएको हो ।

नारायणीका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए पनि टिमको जितका लागि भने प्रयाप्त भएन । यस्तै, इशान पाण्डे र रित गौतमले समान २७/२७ रन बनाए । नारायणीलाई १३४ मा रोक्न राप्तीका लागि अविननाश बोहोराले तीन विकेट लिए भने भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमल सिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राप्तीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । मंगलबार भएको फाइनलमा नमुना मैदानमा उत्कृष्ट सुरुवात गरेको राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए । यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १८ र शरद भेषवाकरले १० रन बनाए ।

राप्तीलाई रोक्न नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे । नमूना मैदान खेल्न योग्य भइसहेको सन्देश दिन यो प्रतियोगिता आयोजना गरिएको हो । जसमा बाग्मती, नारायणी र राप्ती गरि तिन टोलीमा विभाजन गरिएको थियो ।

जसमा बाग्मतीको टिम यसअघि नै लगातार हार व्येहोर्दै सिरिजबाट बाहिरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि