जेठ ०५, २०८१, शनिबार
               

महिला विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आगामी मार्च उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका सार्वजनिक भएको छ । 

यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र क्वालीफायर टिमबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल भने तीन अप्रिलमा डे नाइट म्याच हुने छ। यो खेल क्राइस्टचर्चमा हुने पनि जनाइएको छ ।

सन् २०२२ को महिला विश्वकपमा ८ टिमको सहभागिता हुने छ । खेल न्युजिल्याण्डका ६ शहरमा हुने छ । न्युजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र भारत पहिला नै विश्वकपका लागि छनोट भइसकेका छन्  अब क्वालीफायरबाट तीन टिम आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि