बैशाख १२, २०८१, बुधबार
               

अष्ट्रेलिया उडे सन्दीप लामिछाने

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । 

उनी तेस्रोपटक बिग बास खेल्न जान लागेका हुन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । 

सन्दीप कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् । 

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टाइनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ । क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरुका ६ खेल गुमाउनेछन् । 

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए । 

उनी आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो । 

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । 

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट संक्रमित भएका थिए । 

हाल उनी कोरोनामुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि