जेठ ०७, २०८१, सोमबार
               

स्पेनिस ला लिगामा क्याडिजको लज्जास्पद हार

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजले लज्जास्पद हार ब्येहोरेको छ ।

क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध पारेको क्याडिजमाथि सेल्टाले ४–० को शानदार जित हात पारेको हो ।

सेल्टाले घरेलु मैदानमा क्याडिजको जितमा नोलिटो, इगो आस्पास, फ्रान बेल्ट्रान र ब्राइस मेन्डेजले गोल गरे । चारै गोल पहिलो हाफमा भएको थियो ।

जितसँगै सेल्टा १३ खेलबाट १६ अंक जोडेर ९औँ स्थानमा उक्लिएको छ । पराजित क्याडिज १८ अंकसहित ७औँ स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि