बैशाख २१, २०८१, शुक्रबार
               

रोनाल्डोको नाममा अर्को कीर्तिमान

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बनेका छन् । आइतबार युभेन्टसले जेनोआलाई ३–१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन् ।

युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पेनाल्टीबाट दुई गोल गर्दै रोनाल्डोले युभेन्टसको जीत सुनिश्च्ति गरेका थिए । यसअघि पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिलाए पनि स्टेफानो स्टुरारोले बराबरी गोल फर्काएका थिए ।

यसअघि, प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र स्पेनिस ला लिगामा रियल म्याड्रिडसँग बिताएका उनी सन् २०१८ मा इटाली आइपुगेका हुन् ।

रोनाल्डोभन्दा पछि लियोनेल मेस्सीले ३६५ खेल जितेका छन् भने रोनाल्डोका समकक्षी लियान लुइजी बुफोनले ३५० खेल जितेका छन् ।


कस्तो लाग्यो ?

यो पनि