जेठ ०७, २०८१, सोमबार
               

एन्थोनीद्वारा कुब्रात नवौँ चरणको नकआउटमा पराजित

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

एन्थोनी जोशुआले कुब्रात पुलेभलाई पराजित गरेर टाइसन फ्यूरीसँगको भेटको सम्भावना बलियो बनाएका छन् ।

युनिफाइड वर्ल्ड ह्याभीवेट च्याम्पियन बक्सर एन्थोनीले कुब्रातलाई नवौँ चरणको नकआउटमा पराजित गरेका हुन् ।

बक्सिङ्गको क्रममा पुलेभले केही सामान्य चुनौति मात्रै दिए एन्थोनीलाई । वेम्बली एरिनामा भएको फाइट हेर्नका लागि झण्डै एक हजार दर्शक उपस्थित थिए ।

आइबिएफ, डब्लुबिए र डब्लुबिओका विजेता एन्थोनीले डब्लुबिसी च्याम्पियन फ्यूरीसँग फाइट गर्ने सम्भावना बढेको हो ।

टाइसनले सामाजिक सञ्जालमार्फत आफू एन्थोनीसँग फाइट गरेर उनलाई नकआउट गर्न आतुर रहेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि