जेठ ०७, २०८१, सोमबार
               

गौतम बुद्ध कप : सुपर ओभरमा नारायणी विजयी

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा जारी पहिलो खेल सुपर ओभरमा धकेलिएकाे छ । 

नारायणी र बागमतीबीचकाे खेल सुपर ओभरमा नारायाणीले जितेकाे छ । नारायणीका लागि ब्याटिङमा आएका करण केसीले २५ रन बनाएका थिए । उनले सोमपाल कामीकाे बलमा लगातार ४ छक्काकाे सहयोगमा २५ रन बनाएकाे हाे । 

जवाफी ब्याटिङमा बागमतीका लागि क्याप्टेन ज्ञानेन्द्र आफै पवन सर्राफकाे साथमा आएका थिए ।  ज्ञानेन्द्रले लगातार छक्का प्रहार गर्दै खेल रोमान्चक बनाएका थिए । तर अन्तिम बलमा एक रन मात्र जोडेपछि खेल नारायणीलाई सुम्पेकाे हाे । 
 


कस्तो लाग्यो ?

यो पनि