जेठ ०७, २०८१, सोमबार
               

बागमती ब्याटिङ गर्दै

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणीले टस जितेर बाग्मती क्रिकेट टिमलाई ब्याटिङको निम्तो दिएको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा भइरहेको खेलमा नारायणीका कप्तान सुवास खकुरेलले टस जितेर बलिङ रोजेका हुन् ।

टस हारेको बाग्मतीले उक्त मैदानमा पहिलो ब्याटिङ गर्ने भएको छ । नमूना मैदान खेल्न योग्य बनिसकेको सन्देश दिन भरतपुरमा त्रिकोणात्मक क्रिकेट शृङ्खला आयोजना गरिएको हो ।

खेलाडीहरु लामो समयदेखि मैदान फर्किन पाएका थिएनन् । तर, कोरोना भाइरसको संक्रमण पछि यो नै नेपाली क्रिकेटरले खेलेको पहिलो प्रतियोगिता हो ।

लामो समयपछि मैदान फर्किन पाउँदा उत्साहित रहेको प्रतिक्रिया बाग्मती र नारायणी क्रिकेट टिमका कप्तानहरुले दिएका छन् ।

यसअघि नारायणीको कप्तानमा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का थिए । तर, शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सुवास खकुरेलले टोलीको कप्तानी गरिरहेका छन् । यता बाग्मतीको कप्तान भने ज्ञानेन्द्र मल्ल रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि