जेठ ०४, २०८१, शुक्रबार
               

व्याडमिन्टनकाे उपाधि प्रिन्सलाई

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशी पुरस्कार भएकाे ब्याडमिन्टन प्रतियोगिताकाे उपाधि आफ्नो पक्षमा पारेका छन् । 

तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नविनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे ।

सेमिफाईनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङ्गलाई पराजित गरेका प्रिन्सले आत्मविश्वासका साथ खेल्दै प्रतियोगितालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए । ''रत्न दाईसँगको जितले मलाई हौसला बढेको छ । म आफ्नो पुरा खेल खेल्छु, विपक्षीलाई कमजोर ठान्न हुँदैन''-प्रिन्सले खेल्नु अघि भनेका थिए । त्यसैलाई मनन गर्दै खेलेका प्रिन्सले सिनियर खेलाडी नविनलाई खेलमा हावी हुन दिएनन् ।
तृतीय स्थान प्राप्त गरेका सेनाका रत्नजित र रुकेश महर्जनले जनही नगद १० हजार प्राप्त गरे ।

विश्व महामारीको रुपमा रहेको कोरोनाका कारण खेलबाट बञ्चित रहेका राष्ट्रि खेलाडीहर"का लागि यो निकैनै महत्वपूर्ण प्रतियोगिता समेत रहेको थियो । प्रतियोगिता आयोजना गरेकोमा राष्ट्रिय खेलाडीहरुले आयोजकलाई धन्यवाद प्रदान गरे । 

मंसिर २१ गतेदेखि संचालित तोप-२१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि