जेठ ०३, २०८१, बिहीबार
               

प्रशिक्षक कालिनद्वारा राजीनामा

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राजिनामा दिएका छन । उनको सट्टा अखिल नेपाल फुटबल संघले बालगोपाल महर्जनलाई कार्यबाहक मुख्य प्रशिक्षक बनाएको छ ।

कोरोना भाइरसका महामारीका बीचमा स्विडेन फर्किएका कालिनले नोभेम्बर एक तारिखमा राजीनामा एन्फालाई दिएका थिए । एन्फा कार्यसमितिको बिहीबार बसेको बैठकले उनकाे राजीनामा स्वीकृत गरेको हो ।

कालिन सन् २०१९ मार्चमा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । कालिनको नेतृत्वमा नेपालले १२ खेल खेल्दा १ जित, ३ बराबर र ८ हारको नतिजा निकालेको थियो । उनको प्रशिक्षणमा नेपालले सबै खेल आफूभन्दा माथिल्लो वरियतामा रहेको टोलीसँग खेलेको थियो ।

उनले नेपाली फुटबल टिमलाई अन्तिम पटक मार्च २१ मा प्रशिक्षण दिएका थिए । एन्फाले मुख्य प्रशिक्षकमा विदेशी प्रशिक्षक नियुक्त गर्नुको विकल्प भने छैन । मुख्य प्रशिक्षकले कम्तिमा प्रो लाइसेन्स प्राप्त गरेको हुनुपर्नेमा नेपालमा कुनै प्रशिक्षकसँग पनि सो योग्यता नभएका कारण विदेशी प्रशिक्षक नियुक्ति प्रक्रिया चाडैं सुरु हुनेछ ।

एन्फाले हाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पिएको छ ।


कस्तो लाग्यो ?

यो पनि