जेठ ०३, २०८१, बिहीबार
               

अब महिला र पुरुष खेलाडीहरूको तलब बराबर

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

अखिल नेपाल फुटबल संघ एन्फाले महिला र पुरुष खेलाडीको तलव बढाएको छ । जसमा महिला खेलाडीको ५० प्रतिशतभन्दा बढि बढाएर पुरुषको बराबरी गरेको छ । 

एन्फाको कार्यसमितीको बैठकले पारित हुने गरेर पुरुष र महिला खेलाडीको तलब समान १८ हजार पुर्याएको छ । पछिल्लो पटक विश्वमा नै महिला र खेलाडीको तलव समान हुनुपर्छ भन्ने बहस चलिरहेका बेला एन्फाले पनि यसलाई केही हदसम्म कार्यान्वयन गराउने बाटोमा अगाडि बढेको हो ।

स्रोतका अनुसार अहिले पुरुषको तलव यसअघि पाउँदै आएकोमा तीन हजार बढाउने र महिलाको दोब्बर गर्ने प्रस्ताव लगेको थियो । जसलाइ कार्यसमितीको बैठकले सहजै पास गरेको छ । पुरुष खेलाडीले यसअघि महिनाको १५ हजार पाउँदै आएका थिए भने महिला खेलाडीले सात हजार पाउने गरेका थिए ।

कोरोना भाइरसका कारण आर्थिक रुपमा त्यति सबल नरहेको अवस्थामा एन्फाले तत्कालका लागि पुरुष र महिलाको तलव बढाउने निर्णय गरेको हो । एन्फाले आफ्नो खातामा रहेको ५ करोड रुपैयाँ फिक्स डिपोजिटबाट आएको ब्याजबाट खेलाडी, कर्मचारीको तलव दिँदै आएको छ ।

पूर्व अध्यक्ष गणेश थापाको पालामा आठ करोड रुपैयाँ फिक्स डिपोजिट भएकोमा त्यसपछि अध्यक्ष भएका नरेन्द्र श्रेष्ठको पालामा तीन करोड रुपैयाँ खर्च भएको थियो । त्यो बेला विभिन्न कार्यक्रम र तलव खुवाउनका लागि रकम निकालेर खर्च गरिएको बताइएको छ । तर त्यो बेला चुनावमा खर्च गरेको अहिलेको कार्यसमितीको दावी छ ।

एन्फाले वार्षिक साधारणसभा माघको ६ गते गर्ने निर्णय गरेको छ । एन्फाको बिहीबार बसेको कार्यसमितिको बैठकले संघको बार्षिक साधारण सभा माघको ६ गते गर्ने निर्णय गरेको हो । कोरोनाका कारण एन्फाले आफ्नो साधारणसभालाई सार्दै आएको थियो । तर अब भने माघको पहिलो साता गर्ने पक्का भएको छ । यस्तै एन्फाले उपाध्यक्ष उपेन्द्रमान सिंहलाई विश्वकप छनोटको संयोजकको जिम्मेवारी दिएको छ । बैठकले उपाध्यक्ष सिंहलाई संयोजक बनाएको छ भने विजय घलेलाई स्थानीय संयोजक बनाएको छ । राष्ट्रिय टिमको प्रशिक्षण र मैत्रीपुर्ण खेलमा सहभागिता र आयोजनाका विषयमा छलफल गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि