जेठ ०४, २०८१, शुक्रबार
               

प्रिन्स दाहाल फाइनल प्रवेश

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले सेनाका रत्नजित तामाङ्गलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरीय पुरुष एकलको फाइनल प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । निकैनै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौकानै प्रदान गरेनन् । अव उपाधिका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन् ।

साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप–२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाईनलमा नविनले सेनाकै रुकेश महर्जन माथि २१–१७, २१–१० को जित निकाल्दै फाइनलमा प्रिन्ससँगको भेट पक्का गरेका हुन् ।

यस अघि आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्गमा भएको ४० औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम ईभेन्ट्समा रत्नलाई पराजित गरेका थिए । हालै निस्केको बिश्व जुनियर बरियतामा प्रिन्स ११ औं स्थानमा रहेका छन् भने ब्याडमिन्टन एशियाले प्रिन्सलाई उत्कृष्ट जुनियर खेलाडी घोषित गरेको थियो ।

कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित रहेका राष्ट्रिय खेलाडीहरूले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । राष्ट्रिय स्तरका १६ खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्ने छन् । 
 


कस्तो लाग्यो ?

यो पनि