बैशाख ०८, २०८१, शनिबार
               

टि-२० बरियतामा माथि उक्लिए सन्दीप

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।

आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् ।

उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा रहेका छन् ।

यसअघिको बरियतामा लामिछाने ८१ औँ स्थानमा रहेका थिए ।

चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि रहेका छन् ।

नयाँ बरियातामा बे्रथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५ औँ स्थानमा रहेका छन् ।

लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेल्नुभएको छैन ।

इन्डियन प्रिमियर लिग (आइपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि