जेठ ०३, २०८१, बिहीबार
               

रहेनन् इटालियन लेजेण्ड पाउलो रोसी

एजेन्सी
मंसिर २५, २०७७

ADVERTISEMENT

इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ ।

६४ वर्षीया रोसीको मंगलबार निधन भएको हो । 

युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेका रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए ।

उनलाई विश्वकै उत्कृष्ट फरवार्डमध्ये एक मानिन्छ । यस्तै सन् १९८२ मा इटलीलाई स्पेनमा विश्वकप जिताउँदा उनले गरेको उत्कृष्ट प्रदर्शन सम्झन लायक छ ।

इटलीले विश्वकप फाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए ।

उनकै ह्याट्रिकमा इटलीले उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३-२ ले पराजित गर्दै चाँडै घर फर्काएको थियो । 

यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २-० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।

रोसीले विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । साथै उनले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए ।

रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे । उनले चार सिजन युभेन्ट्समा बिताउँदा दुई सिरी ए, एक युरोपियन कप र एक कोपा इटालिया जिते ।


कस्तो लाग्यो ?

यो पनि