जेठ ०३, २०८१, बिहीबार
               

इंग्लिस क्लब फुटबलमा म्यानचेस्टर सिटीले मार्सेलीलाई ३ गोलले हरायो

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्लिस क्लब फुटबल खेलमा म्यानचेस्टर सिटीले मार्सेलीलाई ३ गोलले हराएको छ । गएराति सम्पन्न भएको उक्त खेलमा सिटीले मार्सेलीलाई ३–० गोलको अन्तरले हराएको हो ।

दुई खेलअघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको सिटीले समूह ‘सी’ को विजेता बन्ने क्रममा मार्सेलीलाई हराएको छ । सिटीको उक्त जितमा फेरान टोरेस र सर्जियो अगुइरोले गोल गरेका थिए । 

सो खेलको ४८ औँ मिनेटमा गोल गर्दै टोरेसले सिटीलाई अग्रता दिलाएका थिए । खेलको ७७ औँ मिनेटमा सर्जियो अगुइरोले गोल गर्दा सिटीको अग्रता २–० मा गएको थियो । अल्भारो गोन्जालेजले खेलको ९० औँ मिनेटमा आफ्नै पोष्टमा गोल गर्न पुग्दा मार्सेलीले आत्मघाति गोल खाएको थियो । आत्मघाति गोलसँगै सिटीले मार्सेलीलाई ३–० गोलले हराएको हो ।
 

यो पनि