जेठ ०३, २०८१, बिहीबार
               

गौतमबुद्ध कप क्रिकेटका लागि तीन टिमको घोषणा

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । गौतमबुद्ध कप क्रिकेटका लागि तीन टिमको घोषणा गरिएको छ । चितवनमा यहि २७ गतेबाट हुने प्रतियोगिताका लागि तीन टिमको नामसहित खेलाडीको घोषणा गरिएको छ ।

जसमा बागमती टिम, नारायणी टिम र राप्ती टिम भनेर नामाकरण गरिएको छ । बागमती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन भने नारायणी टिमको कप्तानी पारस खड्का र राप्ती टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा अनिल शाह, सोमपाल कामी, रासिद खान, ललित राजवंशी, सागर ढकाल, रोहित पौडेल, पवन सराफ, सुनील धमला, विक्रम सोब, प्रदिप ऐरी, भिम शार्की, आकाश थापा, संघर्ष पौडेल छन् ।

यस्तै, पारस खड्काको कप्तानीमा रहेको टिममा सुवास खकुरेल, करण केसी, किशोर महतो, सुसन भारी, शाहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ, विवेश यादव छन ।

विनोद भण्डारीको कप्तानीमा रहेको टिममा कुशल भुर्तेल, अभिनाश बोहोरा, कमल ऐरी, शुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आशिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरी चौहान, स्वप्निल अधिकारी छन ।

हरेक टिममा १४–१४ खेलाडी छन ।प्रतियोगिताको पहिलो खेलमा बागमति र नारायणी खेलनेछन भने दोस्रो खेलमा बागमती र राप्ती विच प्रतिस्पर्धा हुनेछ । तेसो खेलमा राप्ती र नारायणी टिम खेल्नेछन ।  फाइनल खेल मंसिर ३० गते हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि